Skip to main content

दूधपोखरीमा भेटिएको आफ्नोपन

 दूधपोखरीमा भेटिएको आफ्नोपन

पछिल्लो वार्षिक बिदामा नेपाल जाने क्रममा यसपटक मैले धेरै नयाँ तथा पुराना आफान्तहरूसँग घुलमिल हुने अवसर पाएँ। केही दुःखद् घटना र जीवनमा लामो समयसम्म सम्झिरहने केही भावनात्मक क्षणहरूको पनि सामना गर्न पुग्यो।

यही क्रममा एउटा संयोगले मलाई दोलखाको दूधपोखरीमा नयाँ घरमा पाहुनाको रूपमा दाइसँगै जाने अवसर मिल्यो। जिन्दगीमा कहिल्यै नदेखेका, नभेटेका मानिसहरूले केही क्षणमै यति नजिकको आफन्त वा आफ्नै परिवारको सदस्यलाई जस्तो माया र आत्मीयता देखाउँछन् भन्ने मैले कल्पना पनि गरेको थिइनँ। सुरुमा त म केहीबेर अलमलमै परेँ।

हामी पुगेको घर दूधपोखरीका पूर्व वडा अध्यक्ष वीरबहादुर मोक्तान, गाउँमा भने ‘बिर्खे’ भनेर चिनिनुहुने व्यक्तिको रहेछ। नाता हेर्ने हो भने उहाँहरू मेरा नजिकका आफन्त नै पर्ने रहेछन्। तर हामी कहिल्यै भेटघाट नभएका कारण एकअर्कासँग खासै चिनजान थिएन। त्यही दिन दाइसँग पाहुना भएर पुगेपछि मात्र थाहा भयो हामी त धेरै नजिकको नाताभित्र पर्ने रहेछौँ।

अझ रमाइलो कुरा त, मसँग उहाँहरूको दुईतिरबाट नाता जोडिँदो रहेछ। आमाको माइतीतर्फबाट एउटा नाता र मेरी श्रीमतीको तर्फबाट अर्को नाता। अर्थात्, सम्बन्ध खोज्दै जाने हो भने हामी पहिले सोचेजस्तो अपरिचित रहेनछौँ समय र परिस्थितिले मात्र हामीलाई एकअर्काबाट टाढा राखेको रहेछ।

त्यो दिन घरका बाजे सहर जानुभएको कारण उहाँसँग भेट्ने अवसर मिलेन। तर बज्युसँग भने निकै रमाइलो कुराकानी गर्ने मौका पाएँ। उमेरले जेष्ठ भए पनि उहाँको बोल्ने शैली, हाँसो ठट्टा, पुराना कथा र नयाँ कुराप्रतिको रुचि निकै रोचक थियो। हामी पहिलोपटक भेटेका मानिस हौँ भन्ने कुनै awkward feeling नै भएन। बरु धेरै वर्षदेखि चिनजान भएको जस्तो सहज रूपमा कुरा भयो।

त्यही दिन मैले एउटा कुरा महसुस गरेँ उहिले हाम्रो गाउँतिरका मानिसहरूले बुहारी खोज्न दूधपोखरी नै किन रोज्थे होला?

सायद कारण त्यही संस्कार, सत्कार, सम्मान र आफ्नोपन रहेछ, जुन मैले त्यो घरमा प्रत्यक्ष अनुभव गर्न पाएँ। पाहुनालाई गर्ने सम्मान केवल खानपानमा मात्र होइन, व्यवहार र बोलीमा पनि देखिँदो रहेछ।

अझ रमाइलो पक्ष थियो कस्मिर दिदी। उहाँ त्यही घरका माम् की छोरी हुनुहुँदो रहेछ र दूधपोखरी आधारभूत विद्यालयमा शिक्षिकाको रूपमा काम गर्नुहुँदो रहेछ। व्यक्तिगत रूपमा भन्नुपर्दा, आफ्नै नजिकको आफन्त भएर पनि मैले दिदीलाई यसअघि कहिल्यै भेट्ने मौका पाएको थिइनँ।






तर पहिलो भेटमै उहाँले हामीलाई आफ्नै दाजुभाइलाई जस्तै माया गर्नुभयो। सायद शिक्षिका भएर पनि होला, उहाँको बोली निकै मिठो, सभ्य र आत्मीय थियो। Education is not only about knowledge sometimes it is reflected in the way we speak and treat others उहाँको व्यवहारले मलाई यही कुरा सम्झायो।

दिदीका एउटा छोरा र एउटी छोरी पनि रहेछन्। दुवैको confidence र sense of humour र बोल्ने शैली देखेर म झन् प्रभावित भएँ। त्यति सानो उमेरका बालबालिकामा मैले देश विदेशका धेरै ठाउँमा पनि त्यस्तो सहजता, मिठो बोली र आत्मविश्वास कमै देखेको छु। पहिलो भेटमै उनीहरूसँग एउटा छुट्टै connection बनेजस्तो लाग्यो।

हामी पाहुना भएर त गएका थियौँ  (तर खाली हात)  दाइले ‘जाऊँ, दूधपोखरीतिर जाऊँ’ भन्नुभएको थियो, तर त्यहाँ पुगेर यस्तो hospitality पाइन्छ भन्ने मैले कल्पना नै गरेको थिइनँ।

हामी पुग्दा बेलुकाको झमक्क रात परिसकेको थियो। हामीलाई के दिऊँ, के खुवाऊँ भनेर कस्मिर दिदी आफैँ निकै व्यस्त हुनुभयो। रात परिसकेको समयमा पनि उहाँले गाउँको local काँक्रो टिपेर ल्याउनुभएको कुरा अहिले सम्झिँदा पनि मन छुन्छ।

त्यो सानो काँक्रो मेरो लागि केवल एउटा खानेकुरा थिएन। त्यसमा आफन्तप्रतिको माया, पाहुनाप्रतिको सम्मान र ग्रामीण जीवनको त्यो निस्वार्थ अपनत्व मिसिएको थियो।

त्यही दिन मैले महसुस गरेँ आफन्त हुनु र आफन्त नहुनुबीचको फरक कहिलेकाहीँ शब्दले होइन व्यवहारले बुझाउँछ।

बज्यु र दिदीसँग धेरै बेरसम्म कुराकानी गरेर बस्यौँ। मलाई सानासाना नानीहरू त्यसै पनि धेरै मनपर्छन्। त्यसैले दिदीका नानीहरूसँग खेल्दै, कुरा गर्दै बसेँ। दाइ भने माम् र दिदीहरूसँग कुराकानी गर्दै हुनुहुन्थ्यो।

नानीहरूसँग खेल्दाखेल्दै थाहा नै नपाई उनीहरूसँग निकै माया बसिसकेको रहेछ। त्यसको महसुस मलाई पछि भयो।

नेपालबाट फर्किनुभन्दा करिब पाँच दिनअघि फेरि गाउँतिर एउटा कामले जानुपर्ने भयो र त्यसै दिन काठमाडौं फर्किनुपर्ने थियो। मनमा भने ती नानीहरूसँग फेरि केही समय रमाउने रहर थियो। समय छोटो थियो, तर मनले मानेन।

त्यसैले दिउँसो उहाँहरूकै विद्यालयमा गएँ। केही समयका लागि भए पनि नानीहरूलाई भेटेँ र फेरि फर्किएँ।

कहिलेकाहीँ जीवनमा केही भेटघाटहरू planned हुँदैनन्। कुनै special occasion पनि हुँदैन। केवल एउटा सानो संयोगले हामीलाई केही मानिसहरूसँग भेटाउँछ। तर त्यही छोटो भेटले मनमा यति गहिरो छाप छोड्छ कि पछि फर्केर हेर्दा लाग्छ सायद त्यो भेट संयोग मात्र थिएन।

दूधपोखरीको त्यो छोटो बसाइँले मलाई नयाँ ठाउँ मात्र चिनाएन, आफ्नै नाताभित्र लुकेका केही नयाँ मानिसहरू पनि चिनायो। अझ महत्वपूर्ण कुरा, यसले मलाई फेरि सम्झायो रगतको नाता नजिक हुन सक्छ, तर आत्मीयता र व्यवहारले बनाएको सम्बन्ध कहिलेकाहीँ त्योभन्दा पनि गहिरो हुँदो रहेछ।

दूधपोखरीबाट फर्किएँ, तर त्यहाँको त्यो hospitality, बज्युको हाँसो, दिदीको मिठो बोली र ती दुई नानीहरूको innocent smile भने मनमै बोकेर फर्किएँ।

Some journeys take us to places, but some encounters take us closer to people and sometimes closer to ourselves.



लेखक : कर्म वाङ्गेल लामा

Comments

Popular posts from this blog

Tangjo L Devi Than: A Sacred Heritage of Sindhupalchok, Nepal Nestled in the beautiful hills of Thulodhading, Lisankhu Pakhar Rural Municipality, Sindhupalchok District, Nepal

Tangjo L Devi Than: A Sacred Heritage of Sindhupalchok, Nepal Nestled in the beautiful hills of Thulodhading, Lisankhu Pakhar Rural Municipality Sindhupalchok District, Nepal Tangjo L Devi Than is a renowned and deeply respected religious site with a history that stretches back for centuries. This sacred place holds immense spiritual significance for local communities and devotees who visit from different parts of Nepal to seek blessings and offer prayers. For generations, people have believed that Tangjo L Devi listens to sincere prayers and fulfills the wishes of her devotees. Because of this strong faith, countless pilgrims travel to the shrine every year, hoping to receive divine guidance, protection, prosperity, and peace. The temple has become a symbol of hope and devotion, attracting visitors who come with gratitude as well as those seeking blessings for their future. Among the local community, the deity is affectionately referred to as Tangjo L Baje and Tangjo L Bajai, reflect...
  सम्झौता बिना जग्गा तथा जंगलमा डोजर चलाएको आरोप - स्थानीयको विरोध सिन्धुपाल्चोक। लिसंखुपाखर गाउँपालिका–स्थित डाँसे गाउँको घुाम्बुल तेराङ्गा क्षेत्रमुनि निर्माण हुन लागेको चौरी खोला जलविद्युत् आयोजनाले स्थानीयसँग आवश्यक सहमति तथा सम्झौता नगरी डोजर प्रयोग गरेर जग्गा र जंगलमा क्षति पुर् ‍ याउने काम गरिरहेको भन्दै स्थानीयवासीले गम्भीर आपत्ति जनाएका छन्। स्थानीयका अनुसार आयोजनाले प्रभावित क्षेत्रका बासिन्दासँग उचित छलफल, सहमति तथा क्षतिपूर्ति सम्बन्धी स्पष्ट प्रक्रिया पूरा नगरी निर्माण कार्य अगाडि बढाएको आरोप लगाइएको छ। यस विषयमा डाँसे गाउँका युवाहरूले पटक–पटक सम्बन्धित कम्पनीलाई वार्तामा आउन र स्थानीयको माग सम्बोधन गर्न अनुरोध गरे पनि कम्पनी पक्षले बेवास्ता गर्दै आएको गुनासो गरिएको छ। स्थानीय बासिन्दाहरूले आफ्नो पुर्खौंदेखिको जग्गा, वन क्षेत्र तथा प्राकृतिक स्रोतहरूमा असर पर्ने गरी कार्य भइरहेको भन्दै तत्काल निर्माण गतिविधि रोक्न र स्थानीय समुदायसँग औपचारिक संवाद गर्न माग गरेका छन्। यसैबीच आयोजनासँग सम्बन्धित विषयमा आर्थिक चलखेल राजनीतिक प्रभाव तथा अनियमितताको आशंका समेत...

My Journey: A Story of Hard Work and Responsibility

  My Journey: A Story of Hard Work and Responsibility I was born in a small village in Nepal. My life changed at a very young age when I lost my father. After his passing, my mother had to raise our family alone. As the eldest son in the family, I understood early that I had responsibilities to fulfill. From a young age, I worked hard and did my best to support my family and take care of my younger brothers and sisters. Sometimes I feel that the hardships I have experienced are difficult even to imagine. Life is unpredictable, and no one knows what challenges tomorrow may bring. However, every struggle I faced taught me valuable lessons and made me stronger. The difficulties and hard work of my past have given me the courage and determination to keep moving forward. Because of my family responsibilities, I never had the opportunity to think of myself as a great or important person. My focus was always on supporting my loved ones and building a better future for all of us. Throug...