डाँसे गाउँ सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखार गाउँपालिका वडा नं. १ मा अवस्थित डाँसे गाउँ प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक विविधताले भरिपूर्ण एक रमणीय बस्ती हो। तीन जिल्लाको सिमानासँग जोडिएको यस गाउँले आफ्नो विशिष्ट भौगोलिक अवस्थाका कारण छुट्टै पहिचान बनाएको छ। विदेशबाट नेपाल फर्किने हरेक पटक सबैभन्दा पहिले आफ्नै गाउँ पुग्ने चाहना जाग्नु नै यस गाउँप्रतिको आत्मीयता र मोहको प्रमाण हो। भौगोलिक दृष्टिले अत्यन्त सुन्दर भए पनि डाँसे गाउँ केही संवेदनशील क्षेत्रमा पर्ने भएकाले यसको संरक्षण र योजनाबद्ध विकास आवश्यक छ। गाउँको शिरमा अवस्थित ताङ्जो महाकाल देवीथान र तल रहेको तेराङ घुम्बुल देवीथान स्थानीय धार्मिक आस्था र विश्वासका प्रमुख केन्द्र हुन्। यिनले गाउँको सांस्कृतिक पहिचानलाई अझ समृद्ध बनाएका छन्। यस गाउँको अर्को विशेषता यसको भौगोलिक पहुँच हो। गाउँबाट केही तल झरेर च्याउजी खोला पार गरेपछि काभ्रेपलाञ्चोक जिल्ला अन्तर्गत पर्ने चौरीखोलाको गघर्चे गाउँ पुगिन्छ जहाँ नेवार समुदायको उल्लेखनीय बसोबास रहेको छ। यसले विभिन्न जातजाति र संस्कृतिबीचको आपसी सम्बन्धलाई अझ प्र...
मेरो कफी खेती यात्राका अमूल्य सहयात्रीहरूलाई हार्दिक धन्यवाद केही वर्षअघि मैले आफ्नो गाउँको कृषियोग्य जमिनमा कफी खेती गर्ने सपना बोकेको थिएँ। त्यो सपना केवल मेरो व्यक्तिगत सोच मात्र थिएन, यो हाम्रो गाउँको कृषि सम्भावना, स्थानीय उत्पादनको विकास र भविष्यप्रतिको विश्वाससँग जोडिएको एउटा अभियान थियो। तर कुनै पनि ठूलो काम एक्लै सम्भव हुँदैन। सफलताको यात्रामा साथ दिने मानिसहरू नै वास्तवमा सबैभन्दा ठूलो शक्ति हुन्। कफीका बिरुवाहरू रोप्ने महत्वपूर्ण समयमा मलाई साथ र सहयोग गर्नका लागि आफ्नो व्यस्त जीवन र कामलाई केही समयका लागि थाँती राखेर काठमाडौंबाट गाउँसम्म आउनु भएका मेरा आफन्त, साथीभाइ र परिवारप्रति म हृदयदेखि नै कृतज्ञ छु। विशेष रूपमा बुद्ध मोक्तान, अर्जुन मोक्तान, सञ्जय मोक्तान, मिलन मोक्तान तथा लोप्साङ लामा प्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँहरू केवल सहयोगी मात्र होइन, मेरो सपनालाई आफ्नै सपना सम्झेर कठिन परिश्रमका साथ काममा जुट्नु भएको थियो। कफीका बिरुवा बोकेर खेतसम्म पुर्याउनेदेखि लिएर खाल्डा खन्ने, बिरुवा रोप्ने, संरक्षणका उपाय अपनाउने र आवश्यक सुझाव दिने काममा उ...