दूधपोखरीमा भेटिएको आफ्नोपन पछिल्लो वार्षिक बिदामा नेपाल जाने क्रममा यसपटक मैले धेरै नयाँ तथा पुराना आफान्तहरूसँग घुलमिल हुने अवसर पाएँ। केही दुःखद् घटना र जीवनमा लामो समयसम्म सम्झिरहने केही भावनात्मक क्षणहरूको पनि सामना गर्न पुग्यो। यही क्रममा एउटा संयोगले मलाई दोलखाको दूधपोखरीमा नयाँ घरमा पाहुनाको रूपमा दाइसँगै जाने अवसर मिल्यो। जिन्दगीमा कहिल्यै नदेखेका, नभेटेका मानिसहरूले केही क्षणमै यति नजिकको आफन्त वा आफ्नै परिवारको सदस्यलाई जस्तो माया र आत्मीयता देखाउँछन् भन्ने मैले कल्पना पनि गरेको थिइनँ। सुरुमा त म केहीबेर अलमलमै परेँ। हामी पुगेको घर दूधपोखरीका पूर्व वडा अध्यक्ष वीरबहादुर मोक्तान, गाउँमा भने ‘बिर्खे’ भनेर चिनिनुहुने व्यक्तिको रहेछ। नाता हेर्ने हो भने उहाँहरू मेरा नजिकका आफन्त नै पर्ने रहेछन्। तर हामी कहिल्यै भेटघाट नभएका कारण एकअर्कासँग खासै चिनजान थिएन। त्यही दिन दाइसँग पाहुना भएर पुगेपछि मात्र थाहा भयो हामी त धेरै नजिकको नाताभित्र पर्ने रहेछौँ। अझ रमाइलो कुरा त, मसँग उहाँहरूको दुईतिरबाट नाता जोडिँदो रहेछ। आमाको माइतीतर्फबाट एउटा नाता र मेरी श्रीमतीको तर्फबाट अर्को नाता।...
Pipal Ghare Official Website WELCOME TO PIPAL GHARE MEDIA HOUSE पिपल घरे ग्रुप नेपालका गाउँघर, कृषि, पर्यटन, संस्कृति, सामाजिक गतिविधि, स्थानीय समाचार तथा उद्यमशीलतासँग सम्बन्धित जानकारीहरूलाई विश्वसामु पुर्याउने उद्देश्यले स्थापना गरिएको आधिकारिक डिजिटल प्लेटफर्म हो। यस वेबसाइटमार्फत स्थानीय समुदायका आवाज, विकासका गतिविधि, प्रेरणादायी कथाहरू, कृषि व्यवसाय, पर्यटन प्रवर्द्धन तथा समसामयिक समाचारहरूलाई विश्वभर रहेका नेपालीहरूसम्म पुर्याइनेछ। हामी सत्य, निष्पक्षता र विश्वसनीयतालाई विश्वास गर्छौं।