१०० वर्ष पूरा गर्नुभएका मामले दिनुभएको आशीर्वादलाई सामान्य रूपमा सुन्दा यो केवल केही शब्दहरूजस्तो लाग्न सक्छ। तर ती शब्दभित्र हाम्रो जीवन, दुःख–पीडा, संघर्ष र भविष्यप्रतिको गहिरो शुभेच्छा लुकेको हुन्छ।
जीवनयापनको क्रममा हामीले गर्ने हरेक निर्णय सही दिशामा जाओस्, हाम्रो कर्मले राम्रो परिणाम ल्याओस् र भविष्यमा पछुताउनुपर्ने अवस्था नआओस् भन्ने शुभकामना पनि त्यही आशीर्वादभित्र लुकेको हुन्छ।
“नराम्रो झोक नपरोस्” भनेर बारम्बार भनिनुको पछाडि पनि गहिरो अर्थ छ। जीवनमा आउने हरेक परिस्थिति हाम्रो नियन्त्रणमा हुँदैन। कहिलेकाहीँ एउटा गलत समय, एउटा गलत निर्णय वा एउटा सानो असावधानीले पनि जीवनको बाटो नै परिवर्तन गरिदिन सक्छ।
त्यसैले सय वर्षको जीवन अनुभव बोकेका मामका ती शब्दहरू केवल आशीर्वाद मात्र होइनन्—हामीभन्दा धेरै जीवन देखिसकेको पुस्ताले दिएको एउटा अमूल्य जीवन–सन्देश पनि हुन्।
आशीर्वादका शब्दहरू कानले सुन्न मात्र होइन, मनले बुझ्न सकियोस्। 🙏
हाम्रा हरेक पाइला सही दिशामा परून्, नराम्रो झोक नपरोस्, दुःख–पीडा र विपत्तिबाट रक्षा होस् अनि जीवनमा सुख, शान्ति, स्वास्थ्य र दीर्घायु प्राप्त होस्। 🙏❤️
writer KARMA LAMA


Comments
Post a Comment