डाँसे गाउँ
सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखार गाउँपालिका वडा नं. १ मा अवस्थित डाँसे गाउँ प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक विविधताले भरिपूर्ण एक रमणीय बस्ती हो। तीन जिल्लाको सिमानासँग जोडिएको यस गाउँले आफ्नो विशिष्ट भौगोलिक अवस्थाका कारण छुट्टै पहिचान बनाएको छ। विदेशबाट नेपाल फर्किने हरेक पटक सबैभन्दा पहिले आफ्नै गाउँ पुग्ने चाहना जाग्नु नै यस गाउँप्रतिको आत्मीयता र मोहको प्रमाण हो।भौगोलिक दृष्टिले अत्यन्त सुन्दर भए पनि डाँसे गाउँ केही संवेदनशील क्षेत्रमा पर्ने भएकाले यसको संरक्षण र योजनाबद्ध विकास आवश्यक छ। गाउँको शिरमा अवस्थित ताङ्जो महाकाल देवीथान र तल रहेको तेराङ घुम्बुल देवीथान स्थानीय धार्मिक आस्था र विश्वासका प्रमुख केन्द्र हुन्। यिनले गाउँको सांस्कृतिक पहिचानलाई अझ समृद्ध बनाएका छन्।



Comments
Post a Comment